मूख्य निर्वाचन अधिकृत कार्यालयको मतदान स्थलमा कर्मचारी खटाइएको सम्बन्धी सूचना सहायता सूची सम्बन्धमा (चिनसँग सिमाना जाेडिएको जिल्लालार्इ) फाराम भरी पठाउने सम्बन्धमा (ताप्लेजुङ जिल्ला स्थित उल्लेखित गै.स.स.हरू) प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७३ रकम फुकुवा सम्बन्धमा । स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७२-७३ नतिजा प्रकाशन नेत्रहिन अपाङ्गहरूलार्इ सेताे छडी ( लठ्ठी) वितरण कार्यक्रम सम्पन्न माननीय उर्जा मन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्यूको उपस्थितमा ताप्लेजुङ जिल्लाको विधुत विकासका संभावना, समस्या र चुनौतीहरू बिषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू बिषयगत योजना तर्जुमा समितिको बैठक सम्पन्न इलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न आ.व. २०७४/०७५ को कार्यक्रम तथा बजेट तर्जुमाको लागि बजेट शिलिङ तथा मार्गदर्शन सम्बन्धमा – गाउँ विकास समितिको कार्यालय, सवै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना कार्यक्रमहरुको विववरण (आ.व. २०७३/०७४) र्इन्जिनियर र सव र्इन्जिनियर सेवा करारमा लिने सम्बन्धी सूचना ! उपभोक्ता समितिहरूलार्इ सम्झाैता गर्न अाउने बारेको अत्न्त जरूरी सूचना ! विजया दशमी, शुभ दिपावली तथा छठ पर्व, २०७३ काे शुभकामना अा.व. २०७२/०७३ काे जिल्ला स्तरीय कार्यक्रमहरूकाे बार्षिक समीक्षा सम्पन्न । अा.व. २०७२/०७३ काे गा.वि.स. स्तरीय कार्यक्रमहरूकाे बार्षिक समीक्षा सम्पन्न । अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! (ढुङ्गा, गिटी,वालुवा/ पटके सवारी साधन कर/ कृषि, वन तथा पशुजन्य जिल्ला निकासी कर) अार्थिक बर्ष २०७२/०७३ काे बार्षिक प्रगति समीक्षा सम्बन्धमा । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि संयुक्त सार्वजनिक सुनुवार्इ तथा समीक्षा कार्यक्रम सम्पन्न स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका जिल्ला शासन विज्ञ श्री रविन्द्रनाथ श्रीवास्तवकाे बिदार्इ (सफलताकाे कथा) LGCDP अन्तर्गत नागरिक सचेतना केन्द्रबाट केन्द्रका सदस्यहरूमा अाएकाे परिवर्तन गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७१-७२ नतिजा प्रकाशन नागरिक वडापत्रकाे सँगालाे, २०७३ प्रकाशन अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! सामाजिक परिचालन कार्यक्रम समन्वय बैठक सम्पन्न जि.वि.स.का योजनाहरु अनुगमनका लागि सर्वदलीय अनुगमन टोली खटियो । जिल्ला वाल भेला तथा वाल सञ्जाल निर्माण सम्पन्न ताप्लेजुङ जिल्लालार्इ ३६ अाैं खुल्ला दिसा मुक्त जिल्ला घाेषणा 

संक्षिप्त परिचय

ताप्लेजुङकाे नामाकरण प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाकाे जोङ (किल्ला) यस स्थानमा रहेकाे हुनाले ताप्लेजुङ रहन गएको हाे । यो जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा हिमाल सम्मको उचाइमा यो जिल्ला अवस्थित रहेको छ । औषत तापक्रम ११.३० सेल्सियस (न्यूनतम ० डीग्रि सेल्सियस (पुस), अधिकतम ३० डिग्री सेल्सियस (जेष्ठ), वर्षा औषत १४४० मिलिममिटर रहेको छ। यो जिल्लालाई २ निर्वाचन क्षेत्र, ११ ईलाका, ४८ गा.वि.स. १ नगरपालिकामा विभाजन गरिएको छ भने ताप्लेजुङ नगरपालिका स्थित फुङ्लिङ बजार यो जिल्लाको सदरमुकाम हो । यो जिल्लाको उत्तरमा चीनको तिब्बत, पुर्वमा भारतको सिक्किम, पश्चिममा संखुबासभा, दक्षिणमा तेह्रथुम र पाँचथर जिल्ला पर्दछ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कंचनजंघा (८५८६ मिटर) र अन्य ७००० मिटर भन्दा अग्ला १० वटा भन्दा बढी हिमालहरु रहेको जिल्ला, नेपालको सबैभन्दा धेरै हिमताल लगभग ३००, नेपालमा सर्वप्रथम सुर्यदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजाति, बहुभाषीक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङ जिल्लालाई लिन सकिन्छ।

मुख्य हिमालहरु:
कंचनजंघा हिमश्रृंखला भित्र पर्ने कंचनजंघा हिमाल ८५८६ मिटर यो हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो। यो हिमश्रृंखलाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पुर्वमा भरतको स्वशासित क्षेत्र सिक्किम पर्दछ। यो हिमश्रृंखलामा विश्वको सबैभन्दा धेरै ७००० मिटर भन्दा अग्ला हिमालहरु छन्। जसमा काम्बाचेन ७९०२ मिटर, जानु ७७१० मिटर, जोसाङ ७४८४ मिटर, टेन्ट पिक ७३६५ मिटर, कावु ७३५३ मिटर, यालुङ ७३४२ मिटर, किरातचुलि ७२१५ मिटर, प्यारामिड पिक ७१२३मिटर, जनक (कुम्भकर्ण) ७०९० मिटर, टुविन्स ७००४ मिटर, कंचनजंघा पश्चिम ८५०५ मिटर र दक्षिण ८४७६ मिटर रहेको छ।

कंचनजंघा क्षेत्र कसरी पुग्ने ?
उत्तरी मोहोडा पैदल बाटो :- फुङ्लिङ – सिवा – सिरुवा- लेलेप – घुन्सा – खाम्वाचेन – कंचनजंघा आधार शिविर ( करिब ११ दिन)
दक्षिणी मोहोडा पैदल बाटो:- सुकेटार – लालीखर्क – खेसेवा – मामांखे – याम्फुदिन – चेराम – कंचनजंघा आधार शिविर (करिब ९ दिन)

धार्मिक स्थलहरु:
पाथिभरा देवी:
धार्मिक दृष्टिकोणले पनि ताप्लेजुङ निक्कै प्रख्यात छ । यहाँ धार्मिक तथा ऐतिहासिक स्थलहरु मठमन्दिर, गुम्बा प्रशस्तै छन् ।जसमध्ये ३७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्र धार्मिक पर्यटकिय तथा जैविक विविधताको दृष्टिकोणले प्रसिद्ध छ। यो मन्दिर ताप्लेजुङ बजार देखि पूर्वोत्तर करिब १७ किलोमिटरको दुरिमा पर्दछ ।अन्नले भरिएको पाथीको आकृतिमा देखिने शिखरमा मन्दिर रहेकोले यो स्थललाई पाथीभरा भनिएको हो। यो मन्दिर क्षेत्रबाट नेपालका धेरै हिमश्रृंखला र कंचनजंघा हिमश्रृंखलालाई अझ नजिकबाट अवलिकन गर्न सकिन्छ । यहाँबाट पुर्वी नेपालको धेरै भु – भाग र भारतको दार्जिलिङ समेत देख्न सकिन्छ । यो क्षेत्रमा २४/२५ प्रजातिको लालिगुरास, चिराइतो, बुढो ओखती, हङचुर जडिबुटि र हाब्रे (रेडपाण्डा), भालु, डाँफे, मुनाल, जस्ता वन्यजन्तु र चराचुरुङ्गी पाउन र अवलोकन गर्न सकिन्छ ।
कसरी पुग्ने ?
ताप्लेजुङ सदरमुकाम फुङलिङबाट जिप चढेर – सुकेटार- देउराली- भालुगौडा- काफ्लेपाटी सम्म र पैदल बाटाे माथिल्लाे फेदी-(कान्छिथान) हुँदै पाथीभरा मन्दिर (करीव ७ घण्टा)

दिकि छ्योलिङ्ग गुम्बा
ताप्लेजुङ्ग जिल्लाको अस्तित्व बोकेको ओलाङचुङगोला गा.वि.स.मा रहेको ४०० वर्ष भन्दा पुरानो दिकि छ्योलिङ्ग गुम्बा पनि एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल हो। योगुम्बा आजभन्दा ४०० वर्ष पहिला लामा एसेले बनाएका थिए। यो गुम्बामा ऐतिहासिक बिद्धका मुर्तिहरु, अखण्ड बत्ती,चेरेसी च्याउ, जसमा बुद्ध मन्त्र “ऊँ माने पेमे हम्” तिबेतियन भाषामा कुँदिएकै अवस्थामा केही वर्ष अघि नजिकैको जंगलको एक रुखको टुप्पोमा पाइएको थियो। यी यस्ता ऐतिहासिक तत्वको कारणले गर्दा यो गम्बा ज्यादै महत्वपूर्ण धार्मिक स्थलको रुपमा लिइन्छ ।
यो गुम्बा ओलाङचुङ गोलादेखि केहि माथि पहाडमा रहेको छ ।यो गुम्बा मात्र होइन ओलाङचुङ बस्ति नै पुरानो, प्राकृतिक सुन्दरता, वालुङ जातिको पृथक पहिचान, जिवन शैली, सांस्कृति, भेषभुषा, चालचलन आदिको कारणले गर्दा पनि ओलाङचुगोला पर्यटकीय र धार्मिक दृष्टकोणले महत्वपूर्ण र सुन्दर छ। यो ठाँउ चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने भएकोले व्यापारिक बजारको रुपमा पनि लिइन्छ।

कसरी पुग्ने ?
सदरमुकाम फुङ्लिङबाट पैदल बाटो-छिरुवा – लेलेप- ओलाङचुङ्ग गोला- दिकि छ्योलिङ्ग गुम्बा (करिब ३ दिन)
अन्य धार्मिक स्थलहरु – चण्डेश्वरी धाम(सिद्धि डाँडा),नागेश्वरी धाम (फुङलिङ), सिदिङ्मा देवी(साप्लाखु), फक्तालुङ(कुम्भकर्ण) आदि ।
हिमताल, पोखरी र झरनाहरु:

तिम्बुङ पाेखरी ः
नेपालको सबैभन्दा धेरै ताल तलैया तथा हिमताल भएको जिल्लाको रुपमा ताप्लेजुङ्गलाई चिनिन्छ। ३०० भन्दा धेरै हिमतालहरु मध्ये तिम्बुङ पोखरि कालिखोला गा.वि.स.मा पर्ने धर्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो। सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो।
किरात लिम्बु भाषामा तिम्बु भन्नाले “पोखरीमा टिल-पिल हुने गरी पानि हुनुवा भरिनु” हो। उक्त पोखरि भरी पानी जमेको वर्ष गाँउघरमा अन्नपातको उब्जनी राम्रो हुने कुरामा स्थानीय बासिहरु गहिरो विश्वास राख्छन्।
कसरी पुग्ने ?
ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङबाट पैदल बाटो- सुकेटार-लालिखर्क- काँडेभन्ज्याङ्ग – सुरुमखीम- तिम्बुङ पोखरी (करिव ४ दिन)
फुङफुङे झरना
फुङ्फुङे झरना पर्यटकीय र धार्मिक दृष्टिकोणले प्रसिद्ध र सुन्दर छ।यो झरना फुङ्लिङ उत्तर साँवा गा.वि.स.मा पर्छ । ३०० मिटर भन्दा अग्लो चट्टानको कापबाट फुङफुङ गर्दै यो झरना तल झर्छ र फेदमा फुङफुङे देवीको पूजास्थल छ।त्यसपछि यो पानि गएर मेवा खोलामा झर्छ ।

कसरी पुग्ने ?
फुङ्लिङबाट पैदल बाटो – हान्द्रुक- खोक्लिङ्ग – लिवाङ-साँवा – फुङ्फुङ्गे झरना (करिव २ दिन)

आदिवासी जनजाति तथा संस्कृति
ताप्लेजुङ्ग जिल्ला बहुजाति, बहुभाषी, बहुसांस्कृतिक संगम स्थल मानिन्छ।जिल्लाको तल्लो भेगमा ब्राम्हण क्षेत्रि आदि जातजातिहरु बसोबास गर्ने गर्दछन् भने उच्च पहाडि भेग ओलाङचुङगोला, घुन्सा, याङमा, तोक्पेगोल, शेर्पा लगायतका जातजाति बस्ने गर्दछन्। यी जातिहरुको आफ्नै भाषा, लिपि, धर्म,पेशा, (खेतिपाति चौरी पालन, छुर्पी, घ्यु उत्पादन र गलैचा व्यापार), संस्कार चाडपर्व ङ्युङ्ने, ठुक्पाछेसी, फुटुक, ग्यासो) भेषभुषा (बख्खु, दोचा, आङ्गी, पाङदेन, केतेन), गरगहना (रेजी, हारी, काउ, सुकुम पोसिल) खानपिन, लोकनाच (स्यार्बो) र लोक परम्पराहरु छन्। त्येसैगरी मध्य पहाडी भेगमा बसोबास गर्ने आदिम जातजाति मध्ये लिम्बु जाति ताप्लेजुङ्ग लगायत पूर्वी नेपालको मुख्य आदिवासी जनजाति हो। यो जातिको आफ्नै भाषा, संस्कार, संस्कृति (यवा नाच, धान नाच, च्याब्रुङ नाच), धर्म चालचलन परम्परा भाषा लिपी, चाडपर्व (चासोक तङनाम, ककफेक्वा तङनाम, वलिहाङ तङनाम) भेषभुषा (तागा, मेख्ली, गरगहना, साम्याङफुङ, नेसे,) खानपिन (ताेङवा) लोकगीत (पालम, हाक्पारे, ख्याली) र माैलिक परम्पराहरु छन्। लिम्बु जाति विश्वकै पृथक पहिचान बोकेको जाति मध्ये पर्दछ। अन्य जातिहरुमा गुरुङ, मगर, राई, तामाङ, सुनुवार, भुजेल, नेवार, कामी, दमाई, सार्की, क्षेत्री र ब्राम्हण आदि जातिहरु पनि प्रसस्तै रहेका छन् ।

मुख्य वन्य जन्तु र चराचुरुङीहरु:
ताप्लेजुङ्ग दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइने जिल्ला हो । यो जिल्ला समुन्द्र सतह ७७७ देखि ८५८६ मिटर उचाइसम्म भएकोले यहाँ विविध किसिमका वन्यजन्तु र चराचुरुङ्गीहरु पाइन्छन्। यस जिल्लामा विश्वका दुर्लभ हिँउचितुवा, हिमाली भालु, हाब्रे (रेडपाण्डा), कस्तुरी, मृग, चितुवा, भालु आदि प्रसस्तै पाइन्छन् । त्यसैगरी डाँफे, मुनाल, मयुर, कालिज, चिमिले, काँडे भ्याकुर, हुचिल, गिद्दि आदि दुर्लभ चराचुरुङ्गीहरु पनि प्रसस्तै पाइन्छन् । विशेषगरी कंचनजंघा, तिम्बुङ पोखरी, पाँथीभरा, तोक्पेगोला तथा ओलाङचुङगोला क्षेत्रमा वन्य जन्तु तथा चराचुरुङ्गी पउनुको साथै अवलोकन गर्न पनि पाइन्छ ।
जडिवुटीहरु:
ताप्लेजुङ्मा महत्वपुर्ण जडिवुटिहरु अत्याधिक रुपमा पाइन्छन् । पाँच औले, विख्मा, कुट्की, चिराइतो, सर्मागुरु, पदमचाल, पाखनवेद, टिमुर, यार्सागुम्बा, अलैची, चिराइतो आदि प्रमुख जडिबुटीहरु हुन्। खोज र अन्वेषणको कमीले धेरै जडिबुटिहरु प्रकाशनमा आएका छैनन्। यस जिल्लाको मुख्य आयस्रोत र खेतीको रुपमा अलैची र चिराइतोलाई लिइन्छ । यो जडिबुटि पहाडि भेगमा उत्पादन हुने भएकोले जिल्लाको अधिकांश क्षेत्रमा उत्पादन हुन्छ ।

ताप्लेजुङ्ग कसरी पुग्ने ?
हवाई यातयात : १. काठमाडौ – ताप्लेजुङ्ग

सडक यातायात : १.बिर्तामोड-झापा-इलाम-फिदिम
फुङ्लिङ्ग बजार, (मेची राजमार्ग २३७ कि मी)
२. धरान-धनकुटा-हिले-बसन्तपुर-गुफा-दाेभान-ताप्लेजुङ
(कोशीराजमार्ग १७५ कि मी)


Skip to toolbar