जिल्ला सदरमुकामदेखी १४ कोषको दुरीमा अवस्थित यो गा.वि.स.को पुर्वमा सादेवा गा.वि.स., पश्चिममा साब्लाखु गा.वि.स. उत्तरमा लिम्बुदिन र दक्षिणमा पाँचथरको ओयाम र फलैंचा गा.वि.स. पर्दछन् । २०६८ को जनगणना अनुसार जम्मा ४५१ घर धुरीहरुमा जम्मा २३४६ जनसंख्या रहेको छ जसमा महिलाको संख्या १२२४ तथा पुरुषको संख्या ११२२ रहेको छ ।
यस गाबिसमा एक माध्यमिक, तीन नि.मा.वि., चार प्राथमिक तथा दुई बाल बिकास केन्द्र समेत रहेको छ । यस गा.वि.स.मा लिम्बु, ब्राह्मण, राई तामाङ, क्षेत्री, जोगी, कामी, दमाई, सार्की जस्ता जातजातीहरुको बसोबास रहेको छ ।