स्थानीय तहमा कार्यरत वडा सचिव कर्मचारीहरूको विवरण जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीहरूको विवरण । नगरपालिका र गाउँपालिकामा कार्यरत प्रशासकीय अधिकृतहरूकाे विवरण सूचनाको हक सम्बन्धी ‌ऐन, २०६४ को दफा ५ (३) र नियमावली, २०५६ को नियम ३ बमोजिम प्रकाशित विवरण नव निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न । जिल्ला सभाको प्रथम बैठक सम्पन्न आ.व. २०७३/०७४ को जिल्ला समन्वय समिति तथा विषयगत कार्यालयहरूको सार्वजनिक सुनुवार्इ कार्यक्रम सम्पन्न मूख्य निर्वाचन अधिकृत कार्यालयको मतदान स्थलमा कर्मचारी खटाइएको सम्बन्धी सूचना सहायता सूची सम्बन्धमा (चिनसँग सिमाना जाेडिएको जिल्लालार्इ) फाराम भरी पठाउने सम्बन्धमा (ताप्लेजुङ जिल्ला स्थित उल्लेखित गै.स.स.हरू) प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, २०७३ रकम फुकुवा सम्बन्धमा । स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७२-७३ नतिजा प्रकाशन नेत्रहिन अपाङ्गहरूलार्इ सेताे छडी ( लठ्ठी) वितरण कार्यक्रम सम्पन्न माननीय उर्जा मन्त्री श्री जनार्दन शर्मा (प्रभाकर) ज्यूको उपस्थितमा ताप्लेजुङ जिल्लाको विधुत विकासका संभावना, समस्या र चुनौतीहरू बिषयक अन्तरक्रिया कार्यक्रमका केही झलकहरू बिषयगत योजना तर्जुमा समितिको बैठक सम्पन्न इलाका स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न आ.व. २०७४/०७५ को कार्यक्रम तथा बजेट तर्जुमाको लागि बजेट शिलिङ तथा मार्गदर्शन सम्बन्धमा – गाउँ विकास समितिको कार्यालय, सवै निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजना कार्यक्रमहरुको विववरण (आ.व. २०७३/०७४) र्इन्जिनियर र सव र्इन्जिनियर सेवा करारमा लिने सम्बन्धी सूचना ! उपभोक्ता समितिहरूलार्इ सम्झाैता गर्न अाउने बारेको अत्न्त जरूरी सूचना ! विजया दशमी, शुभ दिपावली तथा छठ पर्व, २०७३ काे शुभकामना अा.व. २०७२/०७३ काे जिल्ला स्तरीय कार्यक्रमहरूकाे बार्षिक समीक्षा सम्पन्न । अा.व. २०७२/०७३ काे गा.वि.स. स्तरीय कार्यक्रमहरूकाे बार्षिक समीक्षा सम्पन्न । अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! (ढुङ्गा, गिटी,वालुवा/ पटके सवारी साधन कर/ कृषि, वन तथा पशुजन्य जिल्ला निकासी कर) अार्थिक बर्ष २०७२/०७३ काे बार्षिक प्रगति समीक्षा सम्बन्धमा । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिको कार्यशर्त तथा कार्यविधि संयुक्त सार्वजनिक सुनुवार्इ तथा समीक्षा कार्यक्रम सम्पन्न स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका जिल्ला शासन विज्ञ श्री रविन्द्रनाथ श्रीवास्तवकाे बिदार्इ (सफलताकाे कथा) LGCDP अन्तर्गत नागरिक सचेतना केन्द्रबाट केन्द्रका सदस्यहरूमा अाएकाे परिवर्तन गाउँ विकास समितिहरूकाे न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्याङ्कन २०७१-७२ नतिजा प्रकाशन नागरिक वडापत्रकाे सँगालाे, २०७३ प्रकाशन अान्तरिक अाय ठेक्का बन्दाेवस्तका लागि सिलबन्दी बाेलपत्र / दरभाउ पत्र सम्बन्धी सूचना ! सामाजिक परिचालन कार्यक्रम समन्वय बैठक सम्पन्न जि.वि.स.का योजनाहरु अनुगमनका लागि सर्वदलीय अनुगमन टोली खटियो । जिल्ला वाल भेला तथा वाल सञ्जाल निर्माण सम्पन्न ताप्लेजुङ जिल्लालार्इ ३६ अाैं खुल्ला दिसा मुक्त जिल्ला घाेषणा 

गा.वि.स.काे कार्यालय, फाकुम्बा

परिचय ः

ताप्लेजुङ्ग जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित सदरमुकामबाट ११ कोष टाढा रहेको यस फाकुम्बा गा.वि.स.प्राकृतिक मनोरम दृष्य प्राकृतिक विविधता र अन्य श्रोत साधनहरु धार्मिक साँस्कृतिक सम्पदाहरुले भरिपूण गा.वि.स.हो । यस गा.वि.स. ताप्लेजुङ्ग जिल्लाको एक नमूना गा.वि.स. पनि हो ।यो गा.वि.स. दक्षिण दिशावाट पश्चिम उत्तर दिशातर्फ फैलिएर रहेको छ ।यसको पूर्वमा थिङ्लावू गा.वि.स. दक्षिणमा ढुङ्गेसाँघु र साँघु गा.वि.स. रहेका छन भने पश्चिममा संखुवासभा जिल्लाको नुनढाकी र सभापोखरी गा.वि.स. रहेका छन् ।यस गा.वि.स.को कूल क्षेत्रफल १०५९७ हेक्टरमा फैलिएर रहेको छ ।भु वनोटको आधारमा हेर्ने हो भने दक्षिण पूर्वी क्षेत्रमा होचो र पश्चिम उत्तरी क्षेत्रमा अग्लो रहेको छ ।पूर्वी सिमानामा भएर वग्ने मैवाखोला र दक्षिणी क्षेत्रमा सिमाना भएर वग्ने नेरुवा खोलाले कटान गरेर वनाएका वेशीहरु मलिलो र उर्वरयुक्त भुमि रहेको छ । त्यसैले यस क्षेत्रहरुलाई अन्नको भण्डार पनि रहेको छ । यो गा.वि.स. समुद्र सतहवाट ८०० मि. देखि ३४०० मी. उचाई सम्मको भु वनोट फैलिएर रहेको छ ।यो गा वि स पूर्वी र दक्षिणी क्षेत्रवाट पश्चिमी दिशातिर क्रमश वढ्दै गईरहेको छ ।यहा पागो माटो वलौटे, चिम्ट्याईलो,कमेरे माटोहरु रहेको पाईन्छ ।अधिकांस पाखोवारी भएतापनि यस गा.वि.स.मा विभिन्न खाले अन्नवालीहरु उव्जाउहुने गर्दछ ।यहाका मूख्य खाद्यान्न वालीहरुमा प्रमूखरुपमा धान मकै कोदो जौ गहु फापर आदि हुन । यस गा.वि.स.को तरकारी वालीहरुमा स्कूस, दाल,आलू, भट्मास आदि मूख्यगरी पाईन्छ ।यस गा विस को फलफूल खेतिहरुमा सुन्तला कटहर आप अम्बक भोगटे कागती काफल जुनार नास्पाती केरा आदि फल्ने गर्दछ ।यस गा.वि.स.मा नगदे वालीका रुपमा अलैची,चिराईतो आदि हुन भने जडिवुटीको रुपमा वन सतुवा, पाँच औले यार्सागुम्बा खोकिम विख्मा आदि पाईने गर्दछ । पर्यटकिय क्षेत्रहरुको रुपमा लालीगरासको राजधानी मिल्के क्षेत्र, गोरुजुरे क्षेत्र, जलजले क्षेत्र रहेका छन । त्यस्तै सास्कृतिक र पर्यटकिय क्षेत्रको रुपमा महालङ्गु हिमाल जलजले हिमाल तत्कालिन लिम्बूवानका लिम्बू विजुवाहरुको उत्पति स्थल ओसाङलुङ्ग ढुङगा पनि रहेको छ तर प्रचार प्रसारको अभावमा यी क्षेत्रहरु इतिहाँसकौ गर्भमा त्यतीकै रहेका छन् ।भौगोलिक विकटता र यस क्षेत्रका जनताहरुको शैक्षिक स्तर कम हुनु र राष्तको केन्द्रिय तहमा पहुच नहुनु र पहुुच नपूग्नुका कारणले यस क्षेत्रको विकास हुन सकेको छैन । यातायात र उचित वजार नहुदा यस क्षेत्र र समुदायमा मानिसहरुले सरकारी गैह्रसरकारी निकायहरुवाट पाउने सेवा सुविधाहरु अति न्युन मात्रामा रहेको कारण यस क्षेत्रमा जनजीवन कष्टकर रुपमा रहेको छ ।
जनसंख्याको वितरणलाई हेर्दा सवै वडाहरुमा एकैनासको वसोवास रहेको छैन यस गा.वि.स.को वडा नं. १,२,३,६,७,८ र ९ मा लिम्बू जातिहरुको वाहुल्यता रहेकोे छ भने वडा नं. ४ र ५ मा शेर्पा जातिहरुको वाहूल्यता रहेको छ । राष्टिय जनगणना २०६८ अनुसार फाकुम्बा गा.वि.स.को कूल जनसंख्या ३४७६ रहेका छन जसमा पूरुष १६४७ रहेको छ भने महिला १८२९ रहेका छन । जम्मा घर धुरी ६९३ रहेका छन ।जस मध्ये १०८७ वाल वालिका १४५५ जना लिम्बू ६१५ जना शेर्पा ४५ जना तामाङ ३७ जना गुरुङ्ग १५ जना राई १३३जना क्षेत्री ५१ जना व्राहमण २३ जना कामी १५जना दमाई रहेका छन । विभिन्न जातजातिहरुको मात्र वसोवास रहेको यस गा वि स मा उनीहरुको भाषा धर्म रितिरिवाज र संस्कारहरु फरक भए पनि एक आपसमा धार्मिक एवम् साँस्कृतिक सहिष्णुता रहेको पाईन्छ ।
यस क्षेत्रमा क्षेत्रका वासिन्दाहरुले मूख्यगरि किराँत वौद्ध हिन्दु इसाई र स्वर्गीक मार्ग मान्ने गर्दछन । यहाका वासिन्दाहरुले मान्ने प्रमूख चाडहरु दशै तिहार उधौली उभौली साउने सक्रान्ति, चैते दशै माघे सक्रान्ति तमू ल्होसार ग्याल्पो ल्होसार आदि मान्ने गर्दछन ।

गा वि स मा रहेका सम्भाव्यताहरु

प्राकृतिक स्रोत साधन भू–वनोट ऐतिहाँसिक धामिक सास्कृतिक सम्पदाहरुको विविधता रहेको यस गा.वि.स.भित्र रहेको स्रोेत साधनहरुको उचित रुपमा परिचालन प्रचार प्रसार हुन सके यस गा वि स साथै राज्यले निम्न वुदाहरु मा प्रशस्त लाभ लिन सकिने छ ।
 हाल रहेको कृषि खेती प्रणालीमा स्थानीय रुपमा रहेको स्रोत साधनलाई आधुनिक र वैज्ञानिक सीप शैैलीका साथ उपयोग गर्न सके कृषि उत्पादन वृद्धि भई यस क्षेत्रका जनताहरुका आर्थीक भौतिक जीवन शैलीमा सुधार आउने छ ।
 केन्द्रिय सडक मार्गलाई यस क्षेत्रमा पनि विस्तार गरी स्थानीय कृषकहरुलाई व्यावसायीक रुपमा फलफूल खेती तरकारी खेती चिराईतो खेती आदि जस्ता नगदे वालीहरु तर्फ आकर्षित गर्न सके प्रशस्त रुपमा लाभ लिन सकिन्छ र
 यातायातको विकास गरि स्थानिय कृषकहरुलाई उचित तालिम दिई आधुनिक प्रविधि र सीपदारा अलैची तथा जडिवुटी खेति गर्न समाहित गरिए प्रशस्त रुपमा नगद आय आर्जन हुन गई स्थानीय कृषक गाविस साथै राज्यले समेत प्रशस्त आर्थिक लाभ लिन सक्नेछ ।
 यस क्षेत्रमा रहेको वनक्षेत्र लगायत विविध ठाउँहरुमा फैलिएर रहेको कच्चा पदार्थहरुलाई संकलन गरी उद्योग व्यवसायहरु सञ्चालन गर्न सके गा वि स लगायत राज्यलाईनै टेवा पूग्नेछ ।
 यस क्षेत्रमा निरन्तर वाह्रैमहिना वगीरहने मैवाखोला नेरुवा खोला नेङ्वा खोला,थुकिया खोला जैया खोला लोदम्बा खोलालाई सदुपयोग गरी विद्युत उत्पादन गर्न सके ग्रामिण विदुतिकरण हुनका साथै यस क्षेत्रमा उपयोग गर्न नसकेका विद्युत केन्द्रिय प्रसारण लाईनमा जोड्न सके हालको विद्युत संकटलाई केही हद सम्म कम गर्न राहत मिल्नेछ ।
 यस क्षेत्रमा सडक विस्तार गरी उपयुक्त क्षेत्रमा हाट वजार व्यवस्थापन गर्न सके सहजरुपमा वजार चल्न सक्ने देखिन्छ ।
 स्थानीय स्रोत साधन र सीप उपयोग गर्ने तर्फ लक्षित कार्यक्रम सवै ठाउँहरुमा सञ्चालन गर्न सकिन्छ ।

फाकुम्बा गाविस को चुनौति र समस्या

फाकुम्बा गा.वि.स.को समग्र वस्तुस्थितिलाई मूल्याकन गदौ फाकुम्बा गा वि स का निम्न चुनौतिहरु देखिएका छन ।
(१) कृषकहरुको आर्थिक पक्षसंग प्रत्यक्ष सरोकार रहेको कृषि क्षेत्रमा सिचाई सुविद्याको समस्या साथै आधुनिक खेति प्रणली प्रविधि, रासायनीक मलरवाद र उन्नत बिउ बिजन, औजारहरु समयमा पाउन नसक्नु ।
(२) उन्नत जातका बाली, बिरुवा र पशुपालन अवसरहरुबाट किसानहरु विमुख रहनु र खाद्यान्यको अभाब रहिरहनु ।
(३) दिर्घकालीन सोचका आधारमा प्रथमिकता प्राप्त योजना कार्यक्रमहरुको छनौट गरी स्थानीय स्तरमा रहेको स्रोत साधनको परिचालन गर्न तर्फ यस गा. वि. स. को ध्यान जान नसक्नु ।
(४) स्थानीय स्रोत साधन र सिपको परिचालन गर्ने तर्फ प्रयास नगरिएका कारण गा. वि. स. को जनजीवन बह्य क्षेत्रमा निर्भर रहनु ।
(५) स्वास्थ्य सेवा सुविधा, पर्याप्त सफा खानेपानी र वातवरणीय सरसफाई प्रति अनबिग्यताका कारण समुदायका मानिसहरु विभिन्न सक्रामक सरुवा रोगहरुबाट संक्रमित हुनु र समयमा उपचार सेवा पाउन नसक्नस ।
(६) शैक्षिक चेतनाको कमि, आर्थिक दुरावस्था र जनसंख्या बृद्धिको कारण वनक्षेत्र बिनासको क्रम बढदै गएको र वन तथा प्राकृतिक संपदाहरु संख्यामा जनचेतनाको अभाब रहनु ।
(७) रुढीबादी अन्धविश्वास् परम्परामा विश्वास कार्यमै रही जातिय बिभेद र धार्मिक असमानता बढ्दै जानु ।
(८) लिङ्गिय विभेदको समस्या वर्तमान सम्म पनि कायम रहनु
(९) प्राकृतिक प्रकोपका पक्षहरुलाई न्यूनिकरण गर्न कुनै पहल नगरिएको कारण प्रतिबर्ष यस्ता समस्या बढ्दै जानु ।
(१०)शैक्षिक चेतना र गुणस्तर उकास्न शैक्षिक संस्थाहरुमा आवश्यक आर्थिक, भौतिक पक्ष सुधारमा बेवास्था गरिनु र विषयगत शिक्षकहरुको अभाव रहनु ।
(११) अधुरो योजना सम्पन्न गर्न र सम्पन्न योजनाहरुको संञ्चालन र मर्मत संभारमा ध्यान नदिई प्रत्येक वर्ष नयाँ योजनाहरु छनौट गर्ने प्रविृतीको हाबी कायम रहनु ।

फाकुम्बा गा.वि.स.मा रहेका पर्यटकीय साथै ऐतिहासिक महत्व बोकेका स्थलहरु
ओसाङलुङ (याःचोत्लुङ)
उहिले संसारको उत्पति साथै मनुष्यको उत्पति संगै सत्य युगमा रुख झारपात आलो कमलो थियो साथै मनुष्य जाति देवताहरु,ढुगा माटो साथै पशुपंक्षी समेत संग मानिसको वोलचाल हुन्थ्यो भन्ने कथन छ ।
जब पृथ्वीमा मानव विकास हुन थाल्यो तवदेखि नदीले खियाएर बनाएका ढुंगाहरु हतियारको रुपमा प्रयोग गर्दथे । ढुंगाका धारिला हतियारहरु प्रयोग गरि सिकार गरी मारेका जनावरहरुको मासुको चोक्टा पार्न धारिलो पारेका ढुंगाका औजार प्रयोग गर्थे । त्यो समयलाईनै सत्य युग (ज्ञानको युग) अथवा अपौरुषेय –कुनै पूरुषदारा नसिकाई पाएको ज्ञानको युग भनिन्थ्यो । त्यसै समयमा( सिन्दोलुग माएवाखोला) यसलाई हाल मैवाखोला नामले चिनिन्छ । ताप्लेजुङ जिल्ला फाकुम्बा गा.वि.स.वडा नं. ६ स्थित साम्तोङ शिर हेङ्वा पोखरी पश्चिम जोरढुंगा उत्तर पुरानो भुतेपोखरी यसलाई लिम्बू भाषामा याक्वा पोखरी भनिन्छ । त्यो पोखरीदेखि लगभग १ किलोमिटर फरकमा ओसाङलुङ (याःचोत्लुङ) लिम्बू विजुवाहरुको शक्तिको उत्पति भएको ठाउँ हो । यस ठाउँमा उहिले आदिमकालमा चन्द्र र सुर्य तारामण्डलहरुको सृष्टि भए पश्चात मानव उत्पति पनि भयो । तर मानव उत्पतिसंगै आगो चाहिँ पत्ता लागेको थिएन त्रेतायुग अन्त्य हुन लाग्दाको कुरा हो स्वयम्भु मनुको पत्नी दिती अदितीवाट चार जना सन्तान मध्ये दुई छोरा र दुई छोरीको जन्म भयो । तिनीहरु सोझा र सिधा थिए बद्धीको विकास नहुनाले एक अर्कामा आँखीडाही रिस राग उत्पन्न हुन थाल्यो र तिनीहरु सवै यौवन अवस्थामा पुग्दै गएपछि चेली माईती विचमानै विवाह भयो । त्यसपछि उनिहरुवाट १८ जना पुत्रहरु जन्मे । एकदिन तिनीहरुको घरको दैलोमा एउटा कुकुर सुतिरहेको वेला बेलारा लाहादगनाले कुचोले हिर्काउदा कुकुरको करग भाचियो । कुकुर रिसाई माथी तागेरा निङवाभुमाङ देवताकोमा निवेदन गर्न गए । तागेरानिङवाभुमाङले तिमी के गर्न आयौ भनी प्रश्न गर्दा कुकुरले जवाफ दियो म त्यो पापीनी लाहादङना चेली माइतीको छोराछोरीको दिशा पिसाव खाँदा खाँदा थाकेर दैलोमा सुतेको वेला कुचोले हिर्काएर मेरो करंग भँचायो । अनि तपाईको शरणमा बिन्ती गर्न आएको हुँ । यसरी बिन्ती गर्दा तागेरा निङवाभुमाङले अव तिमीलाई राम्रो उपदेश दिन्छु तल मत्र्यलोक गएर यसो भन्नु तुरुन्त यस्तो कुकर्र्म गर्नु हुर्दन । तिनीहरुलाई छुट्याउनु पर्छ भनेर सुर्य पुत्र र चन्द्रमा पुत्र गरी जम्मा ९ जना कुकुर संग पठाए । त्यसपछि ती १८ जना पुत्रहरु बाड्दाझै झगडा हुने भएकाले पञ्चले सुन र चाँदीको चाल्नीमा छानी तल झरेको पत्नीको भागमा आठ जना सावायेःत्हाङ भए माथी रहने फेगी फाङहाङ भए र एक जना पुत्र भाग गर्दा उभ्रेको बाबु आमाले तानातान गर्दागर्दै त्यस्को प्राण गयो । मरपछि दुवैजनाले मिलेर केराको फेदमा पुर पछि तिमी किरा भई केराको गुदी खानु भन्दै संस्कार गरे । र पति र पत्नीको एकआपसमा सल्लाह वाचा गरे अव हामीले ठुलो अपराध गर्यौ अब उप्रान्त हाम्रो छोरा नाति शाखा सन्तानहरुले युगौँयुग सम्म यहाँ यस्तो काम नगरोस भनेर बाचा गर्दै साइनो सम्बन्ध कायम गरे अनि शास्त्र बेद वनाई छोरा छोरीहरुलाई अन्नपनि रोपेर छरेर खाने खेतिपातीको आविस्कार गरे । दुख विरामी हुँदा विजुवा पुजारी सिं फेदाङमा र साम्बा म स्वर्गवाट पठाईदिन्छु भनि स्वास्नी तिमी पातालमा गएर वस्नु म स्वर्गलोक गएर वस्छु अवदेखि जो जो चेली माइतीको संसर्ग हुन्छ तिमी पाताल (माटोमुनी) बाट खान्लुङलराङ –विभत्स ज्वाला) भई आगो झै तताउनु । म माथि आकासवाट मेघ गर्जेर सेरीलराङ थाआ (चट्याङ)बज्र भई आउँछु । तिमीले पोेली देउ म वज्रले हानेर चिरी दिन्छु भनि दुई पति पत्नि बाचा गरी चुचुरुसुहामबेद आफ्नो नौ भाई फाङहाङ साथमा लिएर बाटो लाग्यो भने तेल्लारा लाहाङदुङवाले आठ भाई (येःहाङ) मत्र्यलोक राखी पाताललोक गए यसरी मत्र्यलोकमा बस्ने (येःहाङ) आठ राजा भई सारै व्याकुल भए बाल्यकालमै टुहुरा भए अब हामीले केही गर्नुपर्छ भन्ने अवस्थामा पुगेका थिए । दुःखी भएर शुरुमा तितेपाती र पातपतिङगारको घर वनाएर माथिल्लो घर तल्लो घर पल्लो घर वल्लो घर छिमेकी भएर वस्ने गर्दथे । लाउने लुगाको आविस्कार भएको थिएन नागोझार रुखको बोक्रा लाउदथे । लहराले कम्मरमा पटुका बाँधी जीवन गुजारा गर्दथे । खेतीपाती थिएन । अन्नपानी थिएन आगोको आविस्कार भएको थिएन । त्यो अवस्थामा बन तरुल कन्दमुल भ्याकुर काँचै खाने धारीलो ढुंगाको प्रयोग गरी जंगली जनावरहरुको शिकार गरी काटेर काँचै खान्थे । समयको गतिसंगैदिन वित्दै गयो । केही वर्षपछि वैठक (चुम्लुङ) वसेर हामीले जहिले यसरी बस्नु हुदैन हाम्रो लागि आबश्यकता पुरा गर्न आगो चाहियो कहाँ पाईन्छ ? खोजी गर्नुपर्छ भनि माथि तल घुम्न थाल्दा तम्मर खोलाको एउटा पिप्पुथाप्मा भन्ने गाँउमा दुईवटा गोरु धेरै घाँस भएको ठाउमा चर्दै गरेको बेला अचानक जुध्न थाल्योरे सिंग ठोकिएर सिंगवाट आगोको झिल्का निस्क्यो र आगोको झिल्का सुकेको गोवरमा पर्यौ मध्यन्हकोे वेला हावा चलेर आउँदा आगो सल्केर आयोरे त्यस पछि आगो प्राप्त भयो र आफ्नो आहारा पोलेर खाँदा काँचो भन्दा अझ मिठो भयो । एकदिन आगो बाली राखेर जंगलतीर तरुल भ्याकुर कन्दमुल खन्न गए मध्यान्हको समयमा हावा चलेकाले सारा डरेलो लाग्न थाल्यो घर जंगल पनि डढेर खरानी भए आगो मार्न नसक्दा येत्हाङहरु भेला भई फेरि बैठक बस्यो र सरसल्लाह गरे । मानीवावु नामाकरण सोधुङगेन लेत्मुहाङ भएको ठाँउमा गएर सिं फेदाङमा ल्याउनु पर्छ भनेर सल्लाह गरे उसो भए दाजु तपाई जानुहोस तपाईनै जेठोपाको हुनुहुन्छ भनेपछि सिं फेदागमा ल्याउनु जेठा गए । सात दिनपछि सिंफेदागमा ल्याएर आफ्नो बेद विधिबाट आगोको शक्ति मार्यो । तर तीन दिनपछि फेरी डढेलो लाग्न थाल्यो यसरी छोटो अवधि मात्र भएकाले फेरी भेला भई माईला भाई फेरी साम्बा फेदागमा लिन पठाएर सात दिनमा साम्बा फेदागमा लिएर गाउँमा आईपुग्दा –तेगोलाङपङमा) खुटा टेकाउनी दस्तुर सहित सम्मान गरेर बसाए । (सावरासाम्बा फेःजिकुम फेःदाङ) सम्पुर्ण सहमतिवाट आएको पुजारीले गरेको विधिले छ महिना रोकियो । छ महिना पश्चात पुन आगोको शक्ति जाग्न थाल्यो । अनि पुन भेला भई चुम्लुङ बस्यो सरसल्लाह गरी अव बाबुको गाँउमा गएर हाम्रो कान्छा भाई विजुवा याःफोक्वा हुनुहन्छ ल्याउनु को जाने भन्दा अव हामी जेठापाकाको अस्तीनै पुग्यो अवको कान्छा (सेन्छेरे सेनिहाङ) तिमी जाउ भनेर येत्हाङ कान्छा भाईलाई विजुवा लिनु पठाए । सेन्छेरे सेनिहाङ या लिन जाँदा एक दिनमा नपुगेर आठवटा बाटो छुटेको ठाँउमा उसको जेठी फुपुको घरमा गएर बास बसे । भोलिपल्ट विहानै उकालो जाँदा –थो ः सोधुगेन लेप्मुहाङ पाङभे) स्वर्गलोकको अपार नन्दनमा पुग्योरे जहा सोधुगेन लेप्मुहाङ नामक उसको वावु बस्थ्यो बाबुले के गर्नु आईस ? भनेर प्रश्न गर्दा सेच्छेरे सेनिहाङ ले भन्यो तल मत्र्यलोकमा याःफेदाङमाको आवश्यक भएकोेले याःफेदाङमा लिन आएको किनकी मत्र्यलोकमा एकदम आगलागि हुन्छ दुःख विमार हुन्छ भनेर विन्ती गर्यो । लौ लौ लैजा तिमी मेरो कान्छा छोरा हौ तिमी आयौ यो तोङली (धनुकाँड) पनि लानु पछी नाहाङमा गर्दा यसले शक्ति दिन्छ । अनि –याःफेदागमा) विजुवा र उसको चेला अनि अरु नोकरचाकर सहित लिएर मत्र्यलोकमा आयोरे । विजुवाको सरसामान सहित चेलाहरु पैदल हिडेर आए विजुवा चाहि माथिवाट अति तेजिलो देवशक्तिवाट उडेर एकैचोटि भुई नछोई ओशागलुगको शिरमा झरेर काम्दै नाच्न थाले केहि दिनपछि उसकाृ साथीहरु प्नि आईपुग्योरे माथिवाट ल्याएको सामग्रीहरुसाम्सिङ,मुक्तो,येन,सिदिङवा,युप्मिवा,माग्याम्वुङ,धुुपी, र सेःल्लोसाङ सामाग्रीहरु आफ्नो बिधी विधानले ओसाङलुङको शिरमा सामान याःफेदाङमा ले मिलाई राखेर सवै उम्रेको हो भनि किम्बदन्ती वा किराँत मुन्धुममा पाईन्छ ।
बस्तिवाट गाँउलेहरुले बिजुवाको –लाङदाक पोङमा) खुटटा थाप्ने दस्तुर नलगेसम्म ती देवशक्ति याःफेदाङमा ओसाङलुङको टुप्पोमा नाचिनै रह्यो । जव भोलिपल्ट गाउँलेहरुले –तेगो लाङपङमा याङ) फाकसारा येत्तिम्बे पुजारी ल्याउनु अघि दस्तुर सहित आठचाना अदुवा थिःसाङदाङ निःसाङदाङ) देख्ने गरि दस्तुर ओशाङलुङको फेदमा लगेर स्वागत गर्यो तव मात्र –तुम्याहाङ येःत्हाङ पाङभे) गाउँघरमा नाच्दै आईपुग्यो ।
ओसाङलुङको श्रीपेचको पश्चिमपटटीको सानो चोइटा उछिटिएर झरेको छ । जसलाई आजकल पनि पूर्वज पुर्खाहरुले लिम्बू भाषामा साम्लो युक्ना अर्थात भद्रभलादेमीहरु बसेर मुन्धुुम गीत गाउनेहरुको पिरा भन्दछन् । यसको चौडाई पाँच मिटर र लम्बाई लगभग दश मिटर जति छ । यो ढुंगाको माथिल्लो पटिट तुःतुम्याहाग अर्थात पञ्च भलाद्मीहरु र रमितेहरु बसेको कुनै उभिएको हुन भनि याक्थुङ किराँत मुन्धुममा अथवा लिम्बू लोककथामा बारम्बार भन्ने सुन्ने गरिएको छ ।
विशेष गरेर ओसाङलुङको टुप्पोलाई हेर्दा एउटा घना जंगल वरीपरी निगालोको बोटहरु मात्र देख्न सकिन्छ । यो चोःत्लुङ अति चिल चरा बाहेक कुनै जीवजन्तुले चढ्न सक्दैन कुनै ठाउँमा सर्पको आकार पनि देख्न सकिन्छ । नजिकवाट राम्ररी नियालेर हेर्दा झन्डै मानिसको स्वरुप जस्तो पनि देखिन्छ । मुनिफेददेखि टुप्पोसम्म नागो कुनै झारपात नभएको पानीले पनि नभिज्ने उसको निधारमा पगरी फेटा श्रीपेच आकारको भएको माथिल्लो भागमा लगभग ६ ६ मितरको पातलो ढुंगाको ढकनी वरिपरि देवनिगालो बोव्रेसल्ला ओसागलगको शिरमा मिलाई राखेको सामग्री अथवा रोपेको विरुवाहरु स्पष्ट रुपमा देख्न सकिन्छ । मैवाखोला फाकुम्बा गा.वि.स.को वडा नं. ६ साम्तोगमानै पर्दछ । तर साम्तोग बस्तिदेखि तीन किलोमिटर टाढा पर्दछ ।यो उच्च हिमश्रृगखला जलजलेको काखमा पर्दछ । ओसाङलुङको दाहिने पटिट लगभग १ किलोमिटर फरकमा याक्वा –भुतेपोखरी) पर्दछ । भने पुरानो भुतेपोखरी देखि पाँचसय मिटरमा पर्दछ ।या मुन्धुम अनुसार ओसाङलुङको उचाई पाँचहजार छ सय मिटर छ । जमिन सतहदेखि माथिलो उचाई ५० मिटर अग्लो छ । जलजले हिमालको उचाई पनि समुद्री सतहदेखी पाँचहजार मिटरको उचाई रहेको छ । ओशाङलुङको पुरै परिक्रमा गर्न १ घण्टा लाग्दछ ।ओशागलुगको आसपासमा टुप्पामा फुलवारी जंगल भएका ढुंगाहरु थुप्रै छन् । ति मध्ये माथिल्लो पटि अलि छोटा चार वटा ढुंगा छन । भाले पोथी ढुंगा सवै भन्दा तल रहे पनि माथिल्लो ढुंगाहरु धुपी ,काउलो,खुगग्री,तितेपाती,(मागयानवुग) एक प्रकारको जंगली अदुवा,(सिदिङ्वा) काँडे रुख,युप्मिवा,मागलोक,पिप्जो येयेन्जोले भरिएको वीचमा ६ फिट गहिरो पहेलो रगको सानो पोखरी पनि छ । त्यसलाई विजुवाहरु फलाक्दा एउटा बटुकामा भरी चोखो पानी राखी फलाक्दछन् । जसलाइै लिम्बूभाषामा वदुक्पक्वा च्वात भन्दछन् ।
ओसाङलुङको वरिपरि हिमाली जडिबुटी,धुपी,निगालो,थोक्फेल्ला –लालीगराँस)धेरैप्रकारको फुलहरुले सुसोभित छ ।

भुतेपोखरी –याक्वा पोखरी)खोरयाङमाङ
ताप्लेजुङ जिल्ला र संखुवासभा जिल्लाको सिमाना मिल्खु –मिल्के) र सुम्बेत्लुग –जलजले) पहाड तिर बढ्दै जादा फाखोग्वा जाने बाटो घोेप्टे आडार पुग्नु अघि खोरयागमाग अर्थात भुतेपोखरी भएको जन विश्वास छ । लिम्बू भाषामा खोरयाग –खोरया) लाई वटुका भनिन्छ ।जस्तै पोखरी फुटेर गएको पोखरीको डोव हेर्दा पनि बटुकोको आकार जस्तो देखिन्छ ।त्यस पोखरीमा शक्तिशाली भुमरी घुम्ने गर्दथ्यो । त्यही पोखरीमा पानी खान आउने भेडा बाख्रा र चौरीहरुलाई समेत पोखरीले तानेपछि पछि खोरयागमाग पोखरीलाई कालपोखरी लिम्बूभाषामा आघोरी वरका भन्दै भुतेपोखरी भन्न थालिएको हो । तत्कालिन तिव्वत (चिन) र विजयपूर सेन राजा साथै भारत देश वीचको व्यापारिक सम्बन्ध जोड्ने माध्यममा चौरी गाईहरु थिए । त्यो व्यापारिक वाटो त्यही पोखरीको वाटो छेउ छेउ सूम्बेदिन लुग अर्थात जलजले पहाड हुदै विजयपूर देखि तिव्वतको राजधानी लाहासा संग जोडिएको थियो । एकदिन ढोक्पे लामाको छोराले हिडाएको २ पुच्छ्र्रे चौरी र लामाको छोरालाई पोखरीले तानेर पोखरीमा हालेपछि लामाले त्यो पोखरीको माथिल्लो पटटीको ओढार भएको ढुंगा माथि वसी ६ रात ७ दिन कृष्णसारको सिग संग मन्त्र जपेर पोखरीको वीच भागमा हान्दा त्यो भुतपोखरी फुट्न गयो । त्याहावाट त्यस ठाँउभन्दा २ किलोमिटर तल गई वरीपरि उठेको लाम्चो चारपाटे बटुको आकारको स्थानमा रोक्न पुगे अनि पोखरी जम्न गई पोखरी भएको छ । त्यो समय कालदेखी च्वातेन याक्तु (पोखरी जम्यो) याक्तु (रोकियो)याक्वावरक जसलाई खोरयागमाग पनि भन्दछन । आदिम कालमा लिम्बु पुर्खाहरुको किम्बदन्ती कथा अनुसार भुतेपोखरीको उतर तर्फ ओढारमा एउटा गाईको चित्र आधा सेतो र आधा कालो भएको थियो । कहिले काही मध्य आधारातमा कराउथ्यो र पुर्व दिशाबाट कराएको आवाज सुनियो भने भाकलको व्यवस्था हुन्छ पश्चिम तर्फवाट कराएको आवाज सुनियो भने गाउँमा मृत्यु हुन्छ उत्तर तर्फबाट कराएको आवाज सुनियो भने अन्न पानी साहा हुन्छ । र दक्षिणबाट कराएको आवाज सुनियो भने अनिकाल महामारी हुन्छ । जो जे सुकैले त्यो आवाज सुनिदैन कुनै कुनै मानिसले मात्र सुन्ने गर्दथे । र जलजले पहाड पुर्वमा मैवाखोला क्षेत्रमा तत्कालिन सुम्बेत्लुग मागवा खोला क्षेत्रका बासिन्दाहरुमा अर्को एउटा जनविश्वास र उक्ति पनि सुनिदै आएको छ । खोरयाग मागले अर्थात भुतेपोखरीले तकमेम्मा –आखा लाएको) हुनाले हाम्रो शाखा सन्तानहरुमा फलिफाप हुदैन । यो जन विश्वास सत्य हो भने खोरयागमाग भुतेपोखरी) एक शक्तिशालि देव स्थल थियो । तर यस क्षेत्रका बासिन्दाहरुले उक्त भुतेपोखरीलाई मान मनितो गर्न नसकेकाले पछि फुटेर गयो । तर अझै सम्म यसले दुःख दिईरहेको छ । यदि त्यस्तो हो भने यस क्षेत्रका वासिन्दाहरुले भुतेपोखरी को अस्तित्व लाई मान मनितो गरि खुशी पार्नेबेला भएको छ ।तर भुतपोखरी यस क्षेत्रका बासिन्दाहरुको कुलदेवता बा देवस्थल के थियो ? अनि यस क्षेत्रका बासिन्दाहरुलाई किन आखा लगाएको वा पिरलिएको हो ? सत्य तथ्यहरु खुल्न सकेको छैन । हाल भएको पोखरीमा जान जो कोही पनि डराउने गरेका छन । मानिसहरु त्यो पोखरी भन्दा निकै माथिको देउराली डाँडाबाट मात्र पुजाआजा गर्ने गरेका छन । सम्भवत भुते पोखरीको वरिपरि बहुमूल्य जडिबुटी साथै कालो गुजर गानो समेत पाईन्छ । लिम्बु भाषामा कालो गुजर गानोलाई तक्फन वा चादुम्ब्रोक भनिन्छ । यस क्षेत्रका बासिन्दा पुख्र्यौलीहरुको भनाईअनुसार तत्कालिन खोरयागमाग भुतेपाखरीको) पानी सुकेर गएपछि हालको भुते पोखरीको निमार्ण भएको सायद खोरयागमाग पोखरीबाट चुडेर गएको पानी नै भुत पोखरीमा जमेको हो हाल देखिएको भुत पोखरीमा कुनै पनि पानीको मुहानबाट पानी पसेको देखिदैन । वरीपरिको सिञ्चित पानी मात्र पोखरीमा जमिरहेको छ । प्रसस्त पानीको मुल नभएपछि निकास नहुने भएको हुनाले पोखरीको पानी पनि कालो देखिएको हुन सक्छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने खोरयागमाग पोखरीको अस्तित्व रहुन्जेल यस क्षेत्रका बासिन्दाहरुले उहिले देखि मानिआएको पुज्दै ल्याएको एक शक्तिशाली देवस्थल थियो । पोखरी फुटेर गएपछि वनेको पोखरीको निकास नभई कालो भएकोले भुत पोखरी भन्न थालिएपछि खोरयाग माग भुतेपोखरी प्रतिको आस्था घट्दै गएको थियो । अव आउने दिनहरुमा खोरयागमाग प्रति पुन मान र मनितो गरि यस फाकुम्बा बासीहरुले मुक्ति पाउन सकियो भने यी हाम्रो आश्थाहरु मेटिएर जाने छैन ।

मयायुग थेगु (मयुम डाडा)
मयालुग डाडा अर्थात मयायुग थेगु अपभ्रस भई मयुम डाडा यस फाकुम्बा गाविस को एक ऐतिहाँसिक स्थल हो । यो क्षेत्र फाकुम्बा गा.वि.स. वडा नं. ४ मा अवस्थित छ । आदिमकाल देखि उधौली उभौली पुजाआजा र प्राकृतिक सेवा आराधना गर्ने गरिदै आएको छ । मयायुग गुफाभित्र पशु पंक्षी र नाग गाईको थुन तथा गाईको नक्सा समेत कोरिएको चित्र समेत छ । यी मानव निर्मित चित्रहरु क्हिले र कस्ले कोरेका हुन अनुसन्धान हुन सके मानव इतिहासवारे धेरै कुराहरु पत्ता लगाउन सकिने छ । मयागलुगको उत्तर तर्फ आधा किलोमिटर तल लामो लेम्चो पोखरी थियो । धेरै पहिले पानी वगेको र कहिले काही घण्टी वजेको आवाज सुनिन्थ्यो तर कहिले कहि मयाङलुगको दाहिने पटटी पहिरो गए पछि त्यो आवाज वन्द भयो हाल उक्त पहिरोको उत्तिस घारीमा अलैची वगानले ढाकेको छ । आदिकालमा पुर्खाहरुले सुन्दर र रमणिय ठाउँहरुलाई सभा गर्ने वा शिक्षा दिने वा पाठशालाको रुपमा विकास गरेका थिए । आजकल पनि त्यो ओढार भित्र गाईको थ्ुनवाट दुध झर्ने गर्दछ । र पुर्खाहरुको भनाईअनुसार पहिरो देखि पोेखरी आफैँ खोलेर गयो वरक हमा पोखरी खोल्यो र वरकहमा नामाकरण भयो । वरकहमा वाट अपभ्रंस भई उक्त ठाउ हाल ओरखुम नामले प्रचलित छ ।

सिन्धोलु्ग मौवाखोला थुम (मैवाखोला क्षेत्र)
पित्तोलुङ, हाङफाबुङ, खावावुङ, थिङ्लावु, थुङथाप, ओख्रावु, थक्वा, पाङ्लावु, लेक्वा दाप्पा, अन्लोङ्मा, दुङ्ला, फुन्छेवुङ, फुन्द्रा, येङ्घारा, लाक्चुङ्वा, पिपुमा, तुङ्ला, याजेक्रा, नुम्लोक, मिजेरे, पाक्तेप्मा, साम्तोङ, पोक्लामा, हाङेवाप्मा, चल्ले, सिम्ले, माङ्जारा, इसेरा, मुछेरा, पाङ्मा, ताङसादेन, ताम्राङ, वादोक, वङ्थाक, तेनथाप, लेक्वामा, सिउदाप्पो, थुक्वाचेरेक, तुम्नाम्बा, लेप्चाप्मा, तेम्बे, तुम्बेगु, पिरिङ्गे, ओयाक्चुङ, साक्फारा, आत्येयेरे –खार्ते), तेल्लावुङ, ल्ङजङ, महवुङ, साङ्लुपा, फुन्छिन्देन, थुप्पो, माङ्लक्सु, तेङ्वुङ, युप्फीवुङ, सिंचोक, लेप्चुवा, सिदिङ्ला, खप्पाचार, नेरा, चाल्ले, सव्वाले, नेवोकक्पा, लुङ्हेल्ला, हाक्री, खंवा पाङ्भे, याक्ख्रेक्वा, पिरिवुङ, सिसुवामा, श्री पञ्चमी,चङ्ग्रामा, सौरेनी, तेवयम्मा, देवलढुंगा, मयायुङ, मयालुङ, खानीगौडा, वरखुम, तेङ्खाङ यक, मेहेले, खानीगौडा, चिम्फाक, काम्साङ, भित्ते, सिङ्चोक, युप्फीवुङ, मजुवा, फुङफाङ, मुडे,कगत्ते, गोरुजुरे, हात्तीसुडे, देवनिङ्गाले, तिनताले, काम्साङ, सेम्फु खोला, नाम्लक, येङ्देली, घोरेटार, बालुवा तक्को, खिनाम्बो, सौरनी, सिरुवानी आदि ठाउँहरु यस सिन्धोलुङ मैवाखोला थुम भित्र पर्दछन ।
मैवाखोला
सुुम्बेत्लुङ –जलजले) पहाड पर्वतवाट रसिएर निस्केको मुलहरुवाट सिन्धोलुङ माइवाखोला सुरुवात भएको छ ।जलजले पर्वतमालाको हिम श्रुङ्खलामा लुम्बा सुम्बा (६१४२) मिटर अग्लो र पूर्व दक्षिणमा मिल्खु डाँडा हुदै तिनजुरेको जुरोमा जुरोमा गएर अन्त्य हुन्छ । यस पर्वतको उत्तर पश्चिममा रहेको सया –इन्द्रेणी) फलको जस्तो पोखरी बाट पश्चिम दक्षिणतिर सभाखोला बग्दै गएर अरुणमा मिसिन्छ । जलजले पर्वतको दक्षिण पूर्व हुदै वग्ने खोलालाई मैवाखोला भनिन्छ । ईतिहासकार तथा तथा मुन्धुमविद अर्जूनवाबु मावोहाङका अनुसार सिन्धोलुङको अर्थ मृगले चाटेको ढुंगा मावा को अर्थ जलजले पर्वतको पहरामा भिर मौरीको घारलाई मिलाएर यो खोलाको नामाकरण गरिएको हो । तर सिन्धोलुङ माईवा येवा पुजारी भद्र भलाद्मी, बुद्धिजिवी लगायत अन्य इतिहासकारहरुका अनुसार यो परा पुर्वकालमा जलजले पर्वतमा रहेको तिनचुले थुम्काहरुलाई याक्थुङ लिम्बू भाषामा सुम्सीलुङ (तिनचुले ढुङ्गा) अथवा सुम्बेत्लुङ भन्ने गरिन्थ्यो । कालान्तरमा सुम्बेत्लुङ पूर्वको माङ्वा खोलाको अपभ्रंस शव्द सिन्धोलुङ माईवा खोला वनेको हो । सिन्धोलुङ माईवा खोलाको मुख्य सहायक खोलाहरु मावाखोला जो सुम्बेत्लुङ पहाडको सवै भन्दा अग्लो चुली दायाँ पूर्व उत्तरवाट बग्दै आएको छ । जलजले दक्षिण पश्चिम ५०० मिटरमा अवस्थित पहराको विचमा गुफाको भित्रभित्रै रसीएर निस्केको निकासनै मैवाखोलाको मूख्य मुहान हो । मैवाखोलामा याङ्घा वरक हेङ्वा वरक र माङवा वरक वरक आदिको निकास नै मैवा खोलामा मिसिन्छ । भुतेपोखरी को निकास भित्रभित्रै रसिएर मैवाखोलामा मिसिन्छ । र ओसाङ्लुङ पर्वत देखि लगभग १ किलोमिटर तल ठुलो ओढारवाट पानीको मुहान हुदै भु्तेपोखरीको पानी संग मिसिन्छ । र नेङ्वा खोला जुन गोरुजुरे पर्वतको उत्तर पश्चिमबाट पूर्व दक्षिणतिर वग्ने र मैवा खोलामा मिसिन्छ । कानवा खोला थिङ्लावु र थुङ्थाप गाउँको वीचवाट वग्दै मैवाखोलामा मिसिन आई पुग्छ । यहि जलजले पर्वतको उत्तर पश्चिम सभा खोलाको शिरमा सभा पोखरी छ र जलजले पर्वको पश्चिम दक्षिण फेदिमा वसाङलुङ भन्ने भयावह चारघारे ठाडो उभेको छ र यो खोलाको अन्य २ वटा साखा नेरुवा खोला र माङ्माया खोला वग्दै आएर सेम्फु लोदुम्बा हम्फेवा सवै मिश्रीत भई वगेर खार्ते दोभानमा मैवा खोला संग मिसिएर मैवा खोलाको यात्रा तमोर दोभानमा पुगेर टुङगिएको छ ।

Skip to toolbar