नेपालको सुदुरपुर्वमा पर्ने मेची अञ्चल ताप्लेजुङ दुर्गम जिल्ला हो । यस जिल्लाको सदरमुकाम देखि २ कोष पश्चिममा पर्ने हाङदेवा गाविस हो । यस गाविसमा ८१० घरधुरीमा बसोबास गर्ने महिला १९२२ र पुरुष १६८३ गरी जम्मा ३६०५ जना रहेको छ । यस हाङदेवा गाविसलाई पुर्वमा, तिरिङ्गे र फावाखोला, पश्चिममा ताप्लेजुङ न.पा , उत्तरमा फावाखोला र फुरुम्वु , र दक्षिणमा तमोर नदीले घेरिएको यस गाविसमा विविध जातजातीहरु भएता पनि लिम्बु , शेर्पा,क्षेत्री व्राम्हण समुदायहरुको बाहुल्यता रहेको पाइन्छ ।